हाम्रो उद्देश्य

"जहाँ लुङ्ग्रेली छन्, त्यहाँ एकता, सेवा र गर्वको वातावरण रहोस्।"

हामीले समुदायमा आत्मीयता, सामाजिक जिम्मेवारी र सांस्कृतिक पहिचानलाई सुदृढ पार्ने लक्ष्य राखेका छौं।

समुदायबीच एकता

लुङ्ग्रेली समुदायबीच एकता, सद्भाव र आपसी सहयोग सुदृढ गर्नु ।

संरक्षण र प्रवर्द्धन

हाम्रो भाषा, संस्कृति, परम्परा र मूल्यहरू संरक्षण र प्रवर्द्धन गर्नु।

शिक्षा र युवा

शिक्षा र युवा विकासका लागि छात्रवृत्ति, मार्गदर्शन र सहयोग उपलब्ध गराउनु।

सहयोग र समर्थन

सामाजिक, आर्थिक र विपद् अवस्थामा सदस्यहरूलाई सहयोग र समर्थन गर्नु।

प्रवास

प्रवासमा रहेका लुङ्ग्रेलीहरूबीच सम्बन्ध बलियो बनाउँदै सहयोगको सञ्जाल विस्तार गर्नु।

स्थानीय विकास

नीति निर्माण, स्थानीय विकास र सांस्कृतिक चिनारीमा लुङ्ग्रेलीहरूको आवाज सुनाउने प्लेटफर्म प्रदान गर्नु।