Welcome to Lungreli Samaj • Latest News • Social Activities • Community Updates
Banner
<
...
About us

लुँग्रेली समाज एक गैर–नाफामुखी, गैर–राजनीतिक र समुदाय–केन्द्रित संस्था हो, जसको स्थापना चौरपाटी गाउँपालिका–५, लुँग्रामा बसोबास गर्ने व्यक्तिहरू तथा परिवारहरूलाई एकै थलोमा ल्याई, एकताबद्ध गर्ने र सशक्त बनाउनका लागि गरिएको हो। यस संस्थाको प्रमुख उद्देश्य शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, सांस्कृतिक संरक्षण, आर्थिक सशक्तिकरण र दिगो सामुदायिक विकासमा योगदान पु¥याउनु हो। समाजले समुदायमा विद्यमान समस्या समाधान, आपसी सहयोग प्रवद्र्धन तथा सामाजिक सद्भाव अभिवृद्धिलाई आफ्नो मूल आधारका रूपमा अंगालेको छ। २०७७ साल कार्तिक १९ गते (२५ अक्टोबर २०२०) आइतबार औपचारिक रूपमा स्थापना भएको यस संस्था भारतको महाराष्ट्रमा मुंबई पब्लिक ट्रस्ट ऐन, १९५० को धारा ५८ तथा सामाजिक संस्था दर्ता ऐन, १८६० बमोजिम २०२४ मा दर्ता भएको हो। स्थापना कालदेखि नै समाजले विभिन्न गतिविधि र पहलहरू सञ्चालन गर्दै सदस्यहरू मात्र नभई सम्पूर्ण समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्य गर्दै आएको छ। स्वास्थ्य शिविर, शैक्षिक सहयोग, सांस्कृतिक कार्यक्रम, चेतनामूलक तालिम र आपत्कालीन सहयोग जस्ता गतिविधिहरू यसका मुख्य कार्यक्षेत्र हुन्। संस्थाले विशेषगरी युवाहरूलाई नेतृत्व, क्षमता विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। युवा नै भविष्यका आधारस्तम्भ हुन् भन्ने दृढ विश्वासमा समाज काम गर्दै आएको छ। साथै, महिलाहरूको सशक्तिकरण, श्रमिक र वञ्चित वर्गका अधिकार संरक्षणमा पनि समाज निरन्तर क्रियाशील छ। हाम्रो दृष्टि आत्मनिर्भर, प्रगतिशील र समावेशी समाज निर्माण गर्नु हो। हामी विश्वास गर्छौँ कि “एकतामा शक्ति हुन्छ”, र सामूहिक प्रयास, पारदर्शिता तथा प्रतिबद्धतामार्फत हाम्रो समुदायलाई सबल बनाउँदै सांस्कृतिक पहिचान जोगाउन सकिन्छ। लुँग्रेली समाजले आफ्नो भूमिकामार्फत केवल स्थानीय क्षेत्रमा मात्र नभई व्यापक स्तरमा पनि सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ। हामी हाम्रो समुदायलाई सबल बनाउँदै राष्ट्रको समग्र विकासमा योगदान दिन निरन्तर प्रतिबद्ध छौँ।